Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आन्तरिक राजस्व कार्यालय भद्रपुरले साउनमा ३०.५ करोड राजस्व सङ्कलन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, ५
आन्तरिक राजस्व कार्यालय भद्रपुरले साउनमा ३०.५ करोड राजस्व सङ्कलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ३० करोड ५१ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो चालु आवको वार्षिक लक्ष्यको ६.८५ प्रतिशत हो।

कार्यालयले चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी डोरराज सुनुवारले जानकारी दिए। उनले बताए अनुसार, साउन महिनाको लक्ष्य ३८ करोड ३ लाख ९१ हजार रहेकोमा ८०.२३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ।

सङ्कलित राजस्वमा आयकरबाट ७ करोड ८३ लाख ६२ हजार, ब्याजबापत १ करोड ५१ लाख ६१ हजार, मूल्य अभिवृद्धि करबाट १४ करोड ४५ हजार, र अन्तःशुल्कबाट ६ करोड ८३ लाख ७० हजार रहेको छ।

गत आव २०८१/८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन भएको थियो।

Top Changing Nepal

युट्युब सट्स