हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो
काठमाडौं। पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा.विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको हो ।
मलेसिया भ्रमणमा रहेका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने र त्यसका लागि प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको मुख्यमन्त्रीको सचिवालले जनाएको छ ।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएका छन् । उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको र वीरगञ्ज खटाइएको टोलीले आवश्यक सुझाव दिएपछि थप कार्य अगाडि बढाइने उनले बताए ।
वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
