बागलुङका ग्रामीण क्षेत्रमा दुई हजार १२० घरमा लाइन विस्तार, स्थानीय खुसी
बागलुङ । लघुजलविद्युत्को भरमा विद्युत् प्रयोग गर्दै आएका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा दुई हजार १२० घरमा केन्द्रीय लाइन पुर्याएको छ।
प्राधिकरणका प्रमुख पवन पौडेलका अनुसार जिल्लाका पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा अहिले काम भइरहेको छ। यस वर्ष ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर ०.४ केभी लाइनको संरचना निर्माण गरी ३७ स्थानमा ट्रान्सफर्मर जडान गरिएको छ।
“बागलुङ वितरण केन्द्रबाट पश्चिम बागलुङमा लाइन विस्तारमा जोड दिएका छौँ, यस वर्ष ढोरपाटन र बडिगाडका केही स्थानमा बत्ती बाल्यौँ,” प्रमुख पौडेलले भने। हाल जिल्लाका ८५ प्रतिशत घरमा विद्युत् पुगेको छ, जसमा २९.९ प्रतिशत घरमा मात्र लघुजलविद्युत्को प्रयोग भइरहेको छ।
केन्द्रीय लाइन विस्तारपछि स्थानीय खुसी भएका छन्। बडिगाड–९ का कुलबहादुर क्षेत्रीले भने, “केन्द्रीय लाइन जडान भएपछि लघुजलविद्युत्को कारण महिनौँ अँध्यारोमा बस्नु पर्ने बाध्यता हटेको छ, यद्यपि बर्खामा अझै लाइन जाने समस्या रहन्छ।”
तर, सबै क्षेत्रमा लाइन पुगेको छैन। निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर अझै अन्धकारमै छ। स्थानीय देवबहादुर विकका अनुसार गाउँमा लाइन नहुँदा मोबाइल चार्ज गर्न पनि घण्टौँ हिँडेर ढोरपाटन जानुपर्ने बाध्यता छ। जिल्लाभर ९८ भन्दा बढी लघुजलविद्युत् आयोजना सञ्चालनमा भए पनि निसेलढोरमा लाइन अझै पुगेको छैन।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
