सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफल
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माण सम्पन्न १०२ मेगावाट क्षमताको मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको उत्पादन परीक्षण सफल भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा बनेको आयोजनाको पहिलो ३४ मेगावाटको युनिट सोमबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरी परीक्षण गरिएको हो।
कम्पनीका अनुसार पहिलो युनिट परीक्षण सफल भएपछि दोस्रो र तेस्रो युनिट पनि क्रमशः परीक्षण उत्पादनमा ल्याइनेछ। सबै युनिटको परीक्षण सफल भए असोजको पहिलो सातादेखि १५ दिनका लागि पूर्ण क्षमतामा परीक्षण उत्पादन गरिने र त्यसपछि असोज दोस्रो सातादेखि व्यावसायिक उत्पादन सुरु हुने तयारी छ।
आयोजनाबाट उत्पादित विद्युत् खिम्ती–बाह्रबिसे प्रसारण लाइनमार्फत बाह्रबिसे–३ पतालिमा रहेको सबस्टेसनमा जडान गरी राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको हो।
मध्य–भोटेकोसी आयोजनाको निर्माण कार्य २०७० सालमा सुरु भएको थियो। २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि २०७२ सालको भूकम्प, सोही वर्षको नाकाबन्दी, बाढी–पहिरो लगायतका कारणले निर्माण कार्यमा लामो ढिलाइ भएको थियो।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

