Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा,लाभांश कति ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, भाद्र, २०
माछापुच्छ्रे बैंकले डाक्यो साधारणसभा,लाभांश कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरिएको लाभांश प्रस्ताव पारित गर्ने उद्देश्यले साधारण सभा आह्वान गरेको छ। बैंकको २७ औँ वार्षिक साधारण सभा असोज १० गते, कास्कीस्थित होटल पोखरा ग्राण्डमा आयोजना हुने भएको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

Top Changing Nepal

युट्युब सट्स