श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप
काठमाडौं । श्रीनगर एग्रोटेक इन्डष्ट्रीज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले भदौ ११ देखि २५ गतेसम्मको म्याद तोकेको भए पनि देशको विषम परिस्थितिका कारण आवेदनमा बाधा पुगेको भन्दै अब भदौ ३० र ३१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ।
नेपाल धितोपत्र बोर्डबाट गत साउन १३ गते स्वीकृति पाएको कम्पनीले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर ९प्रति कित्ता अंकित मूल्य रु. १००० निष्कासन गर्न लागेको हो।
जारी पूँजीको १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता सेयर उद्योग प्रभावित रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आवेदनका लागि नबिल बैंकको तानसेन शाखा ९पाल्पा० र फरसाटिकार शाखा, एनएमबी बैंकको तानसेन शाखा (पाल्पा) र फरसाटिकार शाखा, तथा ग्लोबल आइएमई बैंकको तानसेन शाखाबाट सेवा लिन सकिनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि ३० लाख ९९ हजार ३७५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

