दुई महिनामा वीरगञ्ज भन्सारबाट ३९ अर्ब बढी राजस्व सङ्कलन
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।भन्सार विभागले तोकेको लक्ष्यअनुसार सो अवधिमा कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना थियो। तर, कार्यालयले लक्ष्यको ९०।९९ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।भन्सार विभागले तोकेको लक्ष्यअनुसार सो अवधिमा कार्यालयलाई ४३ अर्ब ३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने योजना थियो। तर, कार्यालयले लक्ष्यको ९०.९९ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ।
भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भदौ महिनामा प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि राजस्व सङ्कलन उत्साहजनक रह्यो। “साउन महिनामा १८ अर्ब ४४ करोड सङ्कलन भएको थियो,” उनले भने, “जेनजी समूहको आन्दोलनका कारण भदौमा एक दिन राजस्व सङ्कलन पूर्णरूपमा रोकिए पनि मासिक लक्ष्यको ९३.९७ प्रतिशत राजस्व उठाउन सफल भयौं।”
भदौ महिनामा मात्र २० अर्ब १२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड, भदौ १७ गते एक अर्ब ९२ करोड, भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते एक अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
तर, आन्दोलनका कारण भदौ २४ गते मात्र तीन करोड र भदौ २५ गते शून्य राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ। त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
