काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य तोलामा एक हजार तीन रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई लाख २३ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको दिन भने सुन तोलामा २ लाख २१ हजार ७०० सय रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा एकैपटक २० रुपैयाँले बढेर २ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।





