२०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष राशि–
परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर आउँछ भने मित्रजनसँग भेटघाट पनि हुनेछ । व्यापारबाट राम्रो आम्दानी हुन सक्छ । नसोचेको काम बन्नेछ र प्रियसाथीसँग पनि भेटघाट हुनेछ ।
वृष राशि–
भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ । सवारी साधन चलाउँदा विचारपूर्वक मात्र चलाउनुहोस् । खानामा सचेत रहनु पर्ने दिन हो । अनावश्यक झमेलामा परिने सम्भावना छ। यात्राको क्रममा सावधान रहनुहोस् ।
मिथुन राशि–
आज तपाईंको धनजनमा वृद्धिको सम्भावना छ र कसैबाट समर्थन पाइनेछ । ठूला व्यक्तिसँग पनि भेटघाट हुनेछ । काम रोकिएपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ हुनेछ र अनौठो खबर सुन्न पाइनेछ ।
कर्कट राशि–
कामको सफलताले थप काम गर्ने हौसला दिनेछ । पुराना कामहरू आजै सम्पन्न हुन सक्ने दिन हो । आयआर्जन हुने दिन हो । यात्राको सम्भावना छ । नउठ्ने पैसा उठेर मनमा हर्ष ल्याउनेछ।
सिंह राशि–
आज नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ । टाढाको यात्रा हुने दिन हो । लेनदेनको काम नगरेकै राम्रो हुन्छ । घरमा पाहुना आउने दिन हो । धनको लाभ हुनेछ । रमाइलो यात्राको योग पनि छ ।
कन्या राशि–
स्वास्थ्यको लागि खानामा ध्यान दिनुहोस् । धनको नाश हुन सक्छ । प्रेममा धोका प्राप्त हुने सम्भावना छ । साना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ भएपनि काम समयमै पूरा नहुन सक्छ ।
तुला राशि–
काममा सोचेजस्तो सफलता मिल्नेछ र उन्नति गर्ने अवसर प्राप्त हुनेछ । मन हर्षित रहला । आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर रहनेछ । सोचेको काम समयमै सम्पन्न नहुन सक्छ ।
वृश्चिक राशि–
कृषि क्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्नेछ । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । पढाइमा सफलता प्राप्त हुनेछ र धर्ममा रुचि बढ्नेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष ल्याउनेछ ।
धनु राशि–
विपरित लिङ्गीको सहयोगले मन हर्षित हुनेछ । काम गर्नमा थप जाँगर आउनेछ । पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन हो र व्यापारमा पनि फाइदा हुनेछ ।
मकर राशि–
शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता कमै प्राप्त हुनेछ । समयको व्यर्थ नाश हुन सक्छ । मनमा उदासी बढ्ने काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन् । विश्वास गरेका व्यक्तिबाट धोका मिल्ने सम्भावना छ ।
कुम्भ राशि–
मनमा केही द्विधा रहन सक्ने दिन हो । सामाजिक काममा नाम रहनेछ । जागिरमा भने सजग रहनुहोस् । स्वास्थ्यको दृष्टिले यो समय राम्रो छ । आर्थिक लाभ र मान सम्मान प्राप्त हुने दिन हो।
मीन राशि–
प्रेम र मित्रताको बन्धन कसिने दिन हो । विभिन्न सहयोग र उपहार पाइनेछ । यात्राको योग छ । काम बन्नाले मन रमाइलो हुनेछ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

