काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले अधिकांश स्थानमा मौसम सामान्य रहेको छ।
विभागले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनमा भनिएको छ कि देशभर हाल मौसम मुख्यतया सफा रहेको छ भने आज दिनभर पनि अधिकांश भू-भागमा मौसम सफै रहनेछ। तर, सबै प्रदेशका पहाडी भू-भागहरूमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
विभागले हालसालै कुनै ठूलो मौसमी गतिविधि नदेखिएकोले आकाश खुला रहने र घाम लाग्ने सम्भावना धेरै रहेको जनाएको छ।