हिमपातमा फसेका १५ सयको नेपाली सेनाद्वारा उद्धार
जानकारी केन्द्र
२०८२, कार्तिक, १३
काठमाडौं । मनाङ क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब १५ सय नागरिकको नेपाली सेनाले उद्धार गरेको छ। सैनिक मुख्यालयका अनुसार तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका नागरिक र पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्याइएको हो।
उद्धार गरिएका मध्ये करिब २ सय जना विदेशी पर्यटक रहेका छन्। उद्धार कार्यमा नेपाली सेनाको नयाँ भैरवी दल गुल्म, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरूले सहकार्य गरेका थिए। भारी हिमपातका कारण पैदल मार्ग अवरुद्ध भई पर्यटक र स्थानीय बासिन्दा दुबै कठिनाइमा परेपछि सेना र सुरक्षाकर्मीहरूले तत्काल उद्धार कार्य सुरु गरेको जनाइएको छ।
सेनाले सबै उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा पु(याई आवश्यक सहयोग र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जनाएको छ।
सम्बन्धित समाचार
देशैभरी मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना
अण्डाको मूल्य फेरि बढ्यो, बजारमा नयाँ दर लागु
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

