सुपथ मूल्य पसल २ माघसम्म सञ्चालन हुने, हालसम्म २० करोडभन्दा बढीको कारोबार
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वका लागि सञ्चालनमा ल्याएको सुपथ मूल्य पसललाई आगामी २ माघसम्म निरन्तरता दिने भएको छ। कम्पनीले दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ३० भदौदेखि १० कात्तिकसम्म सुपथ मूल्य पसल सञ्चालन गरेको थियो। बिक्री शाखा प्रमुख भीमबहादुर थापाका अनुसार सरकारले वर्षभर सुपथ पसल सञ्चालन गर्ने योजना बनाएको हुँदा यसलाई हाल निरन्तरता दिइएको हो।
पसल सञ्चालनका लागि स्वीकृत २ करोड ५२ लाख रुपैयाँ बजेटमध्ये १ करोड ३३ लाख रुपैयाँ अझै बाँकी रहेकाले सोही बजेटमा २ माघसम्म सहुलियत पसल चलाइने उनले बताए। यस वर्षका सुपथ मूल्य पसलबाट २० करोड ६० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको कम्पनीले जनाएको छ। बिक्री भएका सामानमध्ये चामल र खाने तेलको माग सबैभन्दा बढी थियो—५० हजार लिटरभन्दा बढी तेल र करिब १७ हजार क्विन्टल चामल बिक्री भएको छ।
उपभोक्ताले चामल, दाल, गहुँ, गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ, बासमती र मार्सी चामलमा १० रुपैयाँ, र तेल, आटा, पिठो, चिउरा तथा मैदामा ७ रुपैयाँ छुट पाएका थिए। थापाका अनुसार बिदा धेरै परेका कारण उपभोक्तालाई खरिद गर्न पर्याप्त समय नपाए पनि समग्रमा कारोबार सन्तोषजनक भएको छ।
यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसनले भने १० कात्तिकदेखि आफ्ना सुपथ मूल्य पसल बन्द गरेको छ। कर्पोरेसनले बागमती प्रदेशमा १७ स्थानसहित देशभरका ४२ स्थानमा पसल सञ्चालन गरेको थियो। बजार प्रबन्धक प्रज्ज्वल प्रधानका अनुसार कर्पोरेसनले सो अवधिमा ९ करोड ४५ लाख रुपैयाँको कारोबार गरेको छ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

