काठमाडौं । आज सुनको भाउ स्थिर रहँदा चाँदीको मुल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ कारोबार भईरहेको छ । बुधबार पनि सुनको सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।





