Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, कार्तिक, २२
नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले कम्पनीका कुल ७२ लाख ६० हजार कित्ता शेयर सूचीकृत गरेको जनाएको छ।

यसमा कम्पनीले सर्वसाधारणका लागि जारी गरेको १४ लाख ५२ हजार कित्ता शेयर र संस्थापक शेयरधनीहरूले लगानी गरेको ५८ लाख ८ हजार कित्ता शेयर समावेश छन्।

नेप्सेले सागर डिष्टिलरीको पहिलो कारोबारका लागि १०६ रुपैयाँ ५२ पैसा देखि ३१९ रुपैयाँ ५६ पैसासम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको छ। सो रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार हुने र त्यसपछि नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सुरु हुने नेप्सेले जनाएको छ। नेप्सेले कम्पनीलाई एसएजीएआर स्टक टिकर प्रदान गरेको छ।

Top Changing Nepal

युट्युब सट्स