राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्म राष्ट्रिय स्तरका विकास बैंकको नाफा प्रभावित भएको छ। सार्वजनिक वित्तीय विवरण अनुसार बैंकहरूको कुल नाफा ४५.२० प्रतिशतले घटेर ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ।
गत आवको सोही अवधिमा यी बैंकहरूले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए। यस अवधिमा ४ बैंकको नाफा घटेको देखिएको छ भने ३ कम्पनीको नाफामा सुधार आएको छ। लुम्बिनी विकास बैंकको नाफा भने ऋणात्मक रहेको छ।
सर्वाधिक नाफा आर्जन गर्नेमा गरिमा विकास बैंक रहेको छ। बैंकले तीन महिनामा आफ्नो नाफा ११ प्रतिशतले बढाएर २५ करोड ५ लाख ७५ हजार रुपैयाँ पुराएको छ। मुक्तिनाथ विकास बैंक दोस्रो नम्बरमा भएपनि यसको नाफा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ भने कामना सेवा विकास बैंकको नाफा १२.९२ प्रतिशतले बढेर १९ करोड ७५ लाख रुपैयाँमा पुगेको छ। महालक्ष्मी विकास बैंकको नाफा ३.४२ प्रतिशतले बढेर ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
सर्वाधिक नाफा वृद्धि गर्ने बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ। बैंकको नाफा ४६.५८ प्रतिशतले बढेर ८ करोड ८२ लाख रुपैयाँ पुगेको छ। ज्योति विकास बैंकको नाफा भने ५३ प्रतिशतले घटेर ७ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।
असोज मसान्तसम्म लुम्बिनी विकास बैंकको नाफा ३४ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख गरिएको छ।

सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


