प्रभु बैंकको पनि नाफा प्रतिशत घट्यो
काठमाडौं । प्रभु बैंक लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। बैंकले सो अवधिमा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.३३ प्रतिशतले कम हो। गत आवको पहिलो तीन महिनामा बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा घटेपनि प्रभु बैंकको खुद ब्याज आम्दानीमा सुधार देखिएको छ। बैंकको खुद ब्याज आम्दानी १०.१४ प्रतिशतले बढ्दै २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ। तर सञ्चालन नाफा भने १६.५१ प्रतिशतले घटेर १ अर्ब १७ करोड २० लाख रुपैयाँमा झरेको छ।
सो अवधिमा बैंकको वितरणयोग्य नाफा ४० करोड ६० लाख रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ र जगेडा कोष १४ अर्ब ५५ करोड ६० लाख रुपैयाँ रहेको छ।
बैंकको खराब कर्जा (NPL) गत वर्षको ४.९४ प्रतिशतबाट बढ्दै ५.७८ प्रतिशत पुगेको छ। सोही अनुसार बैंकको प्रतिसेयर आम्दानी (EPS) ९ रुपैयाँ ४९ पैसा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ५५ पैसा कायम भएको छ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


