एभरेष्ट बैंकको नाफा ४.५७ प्रतिशतले बढ्यो
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार बैंकले तीन महिनामा १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १२ करोड ७७ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो। यसअनुसार, बैंकको नाफा ४.५७ प्रतिशतले वृद्धि भएको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेका छन्। गत आवको पहिलो त्रैमासमा २ अर्ब १३ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवमा २ अर्ब ४० करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ।
त्यस्तै, सञ्चालन नाफा पनि १ अर्ब ६१ करोड १६ लाख रुपैयाँबाट बढेर १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ पुगेको छ। असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ४९ करोड ६० लाख रुपैयाँ रहेको छ।
असोज मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.७७ प्रतिशतबाट घटेर ०.७४ प्रतिशतमा आएको छ। बैंकको प्रतिसेयर आम्दानी (EPS) ३६ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २५५ रुपैयाँ ६९ पैसा रहेको विवरणमा उल्लेख गरिएको छ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १४ अर्ब ४१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको छ। यस अवधिसम्म बैंकले ३ खर्ब १३ अर्ब ८९ करोड २ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३४ करोड ५८ लाख १८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सम्बन्धित समाचार
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

