तीन महिनामा वाणिज्य बैंकहरूको नाफा १३ अर्ब १४ करोड – कसले कति कमाए ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म (साउनदेखि असोज) मा वाणिज्य बैंकले १३ अर्ब १४ करोड बढीको नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो तीन महिनामा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ नाफा कमाएका हुन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुको नाफा १८.७८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख ५८ हजार रुपैयाँ नाफा कमाएका थिए । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षका पहिलो तीन महिनाको अवधिमा १५ वटा बैंकको नाफा घटेको छ भने ५ वटा बैंकको नाफा मात्रै बढेको छ।
वित्तीय विवरण अनुसार यो अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा आफ्नो मुनाफा २२.९२ प्रतिशतले बढाएर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १४.५७ प्रतिशतले कम हो । यता, प्राइम बैंक सर्वाधिक नाफा आर्जन गर्ने सूचीको तेस्रो नम्बरमा रहेको छ । समिक्षा अवधिमा प्राइमले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २.२० प्रतिशतले कम हो । धेरै नाफा आर्जन गर्ने चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख र पाँचौ नम्बरमा रहेको कुमारी बैंकको २ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
यसअवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने सरकारी कम्पनी राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले आफ्ना नाफा २९५ प्रतिशतले बढाएर ५९ करोड ८७ लाख रुपैयाँ पुराएको हो । पहिलो त्रैमासिकसम्मको अवधिमा नाफा आर्जन गर्ने बैंकहरुमा क्रमशः एनएमबी बैंकको २० प्रतिशतले घटेर ९१ करोड ५९ लाख, हिमालयन बैंकको ३ प्रतिशतले घटेर ७० करोड २८ लाख, स्टान्र्डड चार्टड बैंकको १९.७२ प्रतिशतले घटेर ६९ करोड २१ लाख, नेपाल बैंकको २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख, प्रभु बैंकको ४६।३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख, नेपाल एसबिआई बैंकको ३८।४३ प्रतिशतले घटेर ५० करोड १५ लाख र सानिमा बैंकको १३ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ पुगेको छ।
यता, माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख, लक्ष्मी सनराइजको ३३ करोड २३ लाख, सिद्धार्थ बैंकको ३२ करोड ४० लाख, एनआईसी एशिया बैंकको १२ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ करोड ५० लाख र कृषि विकास बैंकको ५७ लाख ३८ हजार रुपैयाँ रहेको छ । यसअवधिमा सिटिजन्स बैंकको नाफा ऋणात्मक रहेको छ । तीन महिनाको अवधिमा बैंकको नाफा २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
सम्बन्धित समाचार
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

