• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

तीन महिनामा वाणिज्य बैंकहरूको नाफा १३ अर्ब १४ करोड – कसले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म (साउनदेखि असोज) मा वाणिज्य बैंकले १३ अर्ब १४ करोड बढीको नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आवको पहिलो तीन महिनामा १३ अर्ब १४ करोड ९८ लाख २३ हजार रुपैयाँ नाफा कमाएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुको नाफा १८.७८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख ५८ हजार रुपैयाँ नाफा कमाएका थिए । वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षका पहिलो तीन महिनाको अवधिमा १५ वटा बैंकको नाफा घटेको छ भने ५ वटा बैंकको नाफा मात्रै बढेको छ।

वित्तीय विवरण अनुसार यो अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले तीन महिनाको अवधिमा आफ्नो मुनाफा २२.९२ प्रतिशतले बढाएर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ रहेको थियो ।

धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा रहेको नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १४.५७ प्रतिशतले कम हो । यता, प्राइम बैंक सर्वाधिक नाफा आर्जन गर्ने सूचीको तेस्रो नम्बरमा रहेको छ । समिक्षा अवधिमा प्राइमले १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २.२० प्रतिशतले कम हो । धेरै नाफा आर्जन गर्ने चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ४.५७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख र पाँचौ नम्बरमा रहेको कुमारी बैंकको २ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

यसअवधिमा सर्वाधिक नाफा वृद्धि गर्नेमा भने सरकारी कम्पनी राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले आफ्ना नाफा २९५ प्रतिशतले बढाएर ५९ करोड ८७ लाख रुपैयाँ पुराएको हो । पहिलो त्रैमासिकसम्मको अवधिमा नाफा आर्जन गर्ने बैंकहरुमा क्रमशः एनएमबी बैंकको २० प्रतिशतले घटेर ९१ करोड ५९ लाख, हिमालयन बैंकको ३ प्रतिशतले घटेर ७० करोड २८ लाख, स्टान्र्डड चार्टड बैंकको १९.७२ प्रतिशतले घटेर ६९ करोड २१ लाख, नेपाल बैंकको २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख, प्रभु बैंकको ४६।३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख, नेपाल एसबिआई बैंकको ३८।४३ प्रतिशतले घटेर ५० करोड १५ लाख र सानिमा बैंकको १३ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

यता, माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख, लक्ष्मी सनराइजको ३३ करोड २३ लाख, सिद्धार्थ बैंकको ३२ करोड ४० लाख, एनआईसी एशिया बैंकको १२ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ करोड ५० लाख र कृषि विकास बैंकको ५७ लाख ३८ हजार रुपैयाँ रहेको छ । यसअवधिमा सिटिजन्स बैंकको नाफा ऋणात्मक रहेको छ । तीन महिनाको अवधिमा बैंकको नाफा २२ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.