१ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान
जानकारी केन्द्र
२०८२, कार्तिक, २९
बारा । पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले लोडसेडिङ अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनबाट उपभोग गरेको विद्युतको प्रिमियम महसुलको बक्यौता रकम तिरेको छ।
उद्योगले पहिलो किस्ता बुझाएपछि ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ पुनः जडान गरिएको छ । जगदम्बा स्टिल प्रालि पर्सा औद्योगिक क्षेत्रको सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो ।
उद्योगमाथि हाल १ अर्ब ६० करोड १८ लाख रुपैयाँ प्रिमियम बक्यौता रहेको छ । जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल पहिलो किस्ता बुझाएको हो ।
बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ भने पहिलो किस्ताको रूपमा ५ करोड ७२ लाख ९ हजार रुपैयाँ बुझाएको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


