पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालमा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले असोज महिनासम्मको तथ्याङ्कका आधारमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई कुल पाँच खर्ब ५३ अर्ब ३१ करोड पुगेको छ।
राष्ट्र बैंकका अनुसार मात्र असोज महिनामा मात्रै दुई खर्ब एक अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। सो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पनि खर्ब १० अर्ब ६१ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको चार खर्ब ४३ अर्ब ७६ करोडको तुलनामा कम हो।
वैदेशिक रोजगारीका लागि पछिल्लो तीन महिनामा संस्थागत र व्यक्तिगत रूपमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख २३ हजार ४५९ र पुनःश्रम स्वीकृति लिनेको संख्या ७७ हजार २५७ रहेको राष्ट्र बैंकले जनाएको छ।
यसले नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण योगदान र वैदेशिक रोजगारीको निरन्तरता देखाएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
