• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० बैशाख २०८३, बिहीबार
१० बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल
  • १४ घण्टा 

२०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
  • १६ घण्टा 

सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो
  • १७ घण्टा 

सरकारी कर्मचारीका लागि डिजीटल हाजिरी प्रणाली लागू गर्ने सरकारको तयारी
  • १८ घण्टा 

डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा
  • १९ घण्टा 

कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी
  • २२ घण्टा 

घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • ३. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ४. बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ५. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

  • ६. आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै

  • ९. चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • १०. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न, यसै सातादेखि विशेष टेलिभिजन शो प्रसारण हुँदै

जानकारी केन्द्र २०८२, मंसिर, २

काठमाडौं । आइसिटी अवार्ड २०२५ को ग्राण्ड जुरी सम्पन्न भएको छ । कात्तिक २९ गते शनिबार काठमाडौंको अनुपम फुडल्याण्डमा ग्राण्ड जुरी सम्पन्न भएको हो । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भएको सो कार्यक्रममा आइसिटी अवार्ड २०२५ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसनका सेमिफाइनलिष्टहरूले आफ्नो प्रस्तुति दिएका थिए । विज्ञ जुरी समक्ष आफ्नो प्रस्तुति दिएपछि सेमिफाइनलिष्टहरू स्पीड डेटिङमा सहभागी भएका थिए, जहाँ जुरीसँग ‘वान टु वान’ कुराकानी भएको थियो ।

आइसिटी अवार्ड २०२५ को विज्ञ जुरी सदस्यमा आइसिटी विज्ञ हेमपाल श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका एशोसिएट डीन प्रा.डा. बालकृष्ण बाल, नेपाल खुला विश्वविद्यालयका स्कुल अफ टेक्नोलोजीका प्रमुख डा. भोजराज घिमिरे, सगरमाथा कलेजकी एशोसिएट प्रोफेसर गंगा सुब्बा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, नेपाल दूरसञ्चार प्राधिकरणका डेपुटी निर्देशक डा. प्रदीप पौड्याल रहेका छन् ।

यस्तै द एशिया फाउन्डेसनका प्रोजेक्ट डाइरेक्टर प्रणय स्थापित, नेपाल शान्ति प्रतिष्ठानकी कार्यकारी सदस्य सजना महर्जन अमात्य, राष्ट्रिय इन्नोभेसन सेन्टरका टिम लिड सञ्जय पौडेल, एनआई क्यापिटलका संस्थापक शिशिर पछाईं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह-सचिव सुवास ढकाल, स्वीस सरकार विकास सहयोग नेपाल इन्नोभेसन तथा डिजिटलाइजेसन क्षेत्रकी राष्ट्रिय कार्यक्रम अधिकृत स्नेहा भट्टराई, ग्लोबल आइएमई बैंकका डेपुटी सीईओ सुमन पोखरेल र दूरसञ्चार विज्ञ विशालमणी उपाध्याय जुरीमा रहेका छन् ।

ग्राण्ड जुरी सेसन पछि अब केही दिनमै स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा सेमिफाइनलिष्टहरू मध्येबाट अवार्डका उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरिने बताइएको छ ।

यसअघि सेमिफाइनलिष्टको रूपमा उत्कृष्ट १२ स्टार्टअपहरुमा आर्कबो टेक्नोलोजिज, एटिएस भेइकल एसिस्ट, बोट्स इन्ड्रस्ट्रिज, कनेक्ट किसान, साइबर अलर्ट नेपाल, इलाट्स लजिस्टिक, फास्टो नेपाल, म्याक ट्वान्टी फोर अर्विट्स, सिंक टेक्नोलोजी, ट्रिप टर्बो, भेन्डिङ किङ र विसर इस्पोर्टस परेका थिए ।

त्यसैगरी उत्कृष्ट १२ प्रडक्टहरुमा बिजफोर्स ३६०, कास्टक्यु, फिटफ्लो, जिकवज डिडब्ल्युएम, आइएलटिएस पल्स, आइफाभेन्ड, लुंगा इकमर्श विथ इआरपी, मिरागो, माइ क्युआर, क्युक सिसिए, टुना डायरी इआरपी, वायुदृष्टी पनि उत्कृष्ट १२ को सुचीमा पर्न सफल भएको जनाइएको छ।

उत्कृष्ट १३ राइजिङ स्टार इन्नोभेसनहरुमा एग्रो कनेक्ट, एजिरा, फेडेरेटेड लर्निङ इन हेल्थकेयर, कानुन एआई, माइण्ड ब्रिज, पि सेतु, फुलवारी, प्ले काउण्ट रोयल्टी, स्केलिङ स्मार्टर, स्पिनोभोट, ट्यापटुलिंक र भक्स भिजन परेका थिए ।

उत्कृष्ट सोसल इन्नोभेसनमा छौगो जलान, कोड फर च्यारिटी, डास्टा, हाम्रो हेल्थ स्कुल, एचडब्ल्युसि नेपाल, कताहो डिजिटल एड्रेस, आइडिएमएस, नेवा एएसआर, राहत, सालिक, शासन, सुपर कृषक, वायुदृष्टी परेका थिए ।

ग्राण्ड जुरी सेसन हुनुअघि आइसिटी अवार्ड २०२५ को प्रि इभेन्टको रूपमा सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट, ट्रेनिङ र मेन्टरिङ सेसन सम्पन्न भइसकेका छन् ।

अब यी प्रिइभेन्टहरू विशेष एपीसोडको रूपमा मंसिर ३ गतेदेखि हिमालय टिभीमा समेत प्रसारण हुनेछन् । सन् २०१६ देखि सुरू भएको आइसिटी अवार्ड नेपालको सबैभन्दा ठूलो टेक र प्रतिष्ठित अवार्ड हो । यस वर्ष आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबार हुनेछ, जहाँ विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने छ ।

आइसिटी अवार्ड २०२५ को शीर्ष प्रायोजकमा इन्ड्राइभ रहेको छ भने इन एशोशिएसन विथमा नेपालपे क्युआर र टिङटिङ तथा पावर्ड बाईमा सस्तो टिकेट्स रहेका छन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको समेत सहकार्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल
दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा
सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

ताजा

नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

२०८३ वैशाख ११ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

दैनिक प्रयोगका लागि उपयुक्त : रेडमी बड्स ८ एक्टिभ नेपालमा

सेयर बजारमा दबाब,नेप्से १७ अंकले ओरालो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.