गृहमन्त्रीको राजीनामाको मागसहित सुदन गुरूङ सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय
काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमार्फत कडा विरोध अभियान सुरु गरेका छन्। पछिल्ला दिनमा लगातार रूपमा तीव्र हुँदै गएको अभियानको केन्द्रबिन्दु गृहमन्त्री अर्यालको राजीनामा माग रहेको छ।
गुरूङले फेसबुकमा एउटा पोस्टर शेयर गर्दै “मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ” भन्दै गृहमन्त्रीलाई राजीनामा माग गरेका छन्। उनले सार्वजनिक गरेको पोस्टरमा अर्यालविरुद्ध तीनवटा ह्यासट्याग पनि उल्लेख छन्।
यसअघि पनि गुरूङले सामाजिक सञ्जालमै गृहमन्त्री अर्यालको ‘लाचारीपन’ले बारामा बुधबार जेनजीमाथि कुटपिट भएको आरोप लगाएका थिए। उनले फेसबुकमा लेखेका थिए, “गृहमन्त्रीले आन्दोलनको म्यान्डेट, सडकमा बगेको रगत र जेनजी भाइबहिनीहरूको बलिदान बिर्सिएको देखेर लाज पनि लजाइसक्यो।”
गुरूङले गृहमन्त्रीले राजीनामा नदिए आंदोलनात्मक कदम अघि बढाउने चेतावनीसमेत दिएका छन्। “भ्रष्टाचारी र हत्याराहरूलाई समात्न नसक्ने, देशका लागि लड्नेहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर बस्ने, उल्टै देशप्रेमीहरूलाई पक्राउ गर्ने गृहमन्त्रीले राजीनामा नदिए ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउनेछु,” उनले लेखेका छन्।
सुदन गुरूङले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गर्ने व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएका छन्। तर माग बेवास्ता गरिएको भन्दै उनी पछिल्ला दिनमा गृहमन्त्रीविरुद्ध झनै आक्रामक बनेका छन्।
एक दिनअघि मात्रै उनले अर्को कडा स्टाटस लेख्दै प्रश्न गरेका थिए, “आफूलाई संविधानविद भन्ने गृहमन्त्रीज्यू, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठुलालाई चैन’ लेखिएको छ ? विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेकोमा के फरक ?”
गुरूङको निरन्तर दबाबपछि अब गृहमन्त्री अर्याल पक्षबाट के प्रतिक्रिया आउँछ भन्ने चासो बढेको छ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

