मेष राशि –
यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नेकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ ।
वृष राशि-
प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरीतर्फ हुनेहरूका लागि पदोन्नतिको समय छ केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउला । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ ।
मिथुन राशि-
धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला । सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ ।
कर्कट राशि-
घर-जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । विशेष सतर्क रहनु होला । काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ । आर्थिक अभावले पनि सताउन सक्छ । आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइ, सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ।
सिंह राशि-
आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ । रीसको कारणले हातमा आएका अवसर गुम्न सक्छन् । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला ।
कन्या राशि-
नया उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने दिन रहेको छ । काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।
तुला राशि-
सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । केही दण्ड जरिवानाको पनि सम्भावना छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् ।
वृश्चिक राशि-
अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नसा, जोर्नी वा घुडासम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ । परिस्थितिलाई पछ्याउन नसक्दा अलि पछि परिनेछ । घरखर्च बढ्नेछ, आयआर्जनमा कमी आउने सम्भावना छ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
धनु राशि-
नोकरीमा पदोन्नति, व्यापार-व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अरुको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
मकर राशि-
दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ, सन्तानबाट प्रसन्नता मिल्नेछ, साथै टाढाको यात्रा पनि होला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार-व्यवसायमा लगानी बढाउन सकिनेछ।
कुम्भ राशि-
धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ ।
मीन राशि-
निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ । अरुको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान् ।
-ज्यो.पं. तुलसी भारद्वाज







