सोलु हाइड्रोपावरको आजदेखि आईपीओ निष्कासन
काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमा १ अर्ब रुपैयाँ १ करोड कित्ता सेयर निष्कासन गर्ने छ ।
आईपीओमा आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानियलाई ४० प्रतिशत अर्थात ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानिय बासिन्दाहरुलाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता निष्कासन गरिएको छ ।
यस्तै १० करोड रुपैयाँको १० लाख कित्ता सेयर श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानियले मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । विदेशमा रहेका नेपालीले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा मंसिर २१ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको रहेको छ । आईपीओमा स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको लागत १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

