विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले हरायो
काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्समाथि रोमाञ्चक जित निकाल्दै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ ।
विराटनगरले जनकपुर बोल्टसलाई जारी एनपीएलमा ९ रनले पराजित गरेको हो । साविक विजेता जनकपुरको यो लगातार दोस्रो हार हो ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभरमा खेल्दा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।
जान निकोल लोफ्टी इटनले ४१ रन बनाउँदा लाहिरु मालिन्थाले २३, सञ्जय कृष्णमुर्तीले २०, आसिफ शेखले १३ रन जोडे।बलिङतर्फ विराटनगरका सन्दीप लामिछानेले चार, सुर्य तामाङले दुई तथा शुभम रन्जाने र मर्चान्ट डि लान्जले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोड्यो । उसका लागि बसिर अहमदले सर्वाधिक ३६ रन जोडे । यस्तै, लोकेश बमले २८, शुभम रन्जानेले १५, मार्टिन गप्टिलले १३, जर्ज मुन्सीले १० रन जोडे।
जनकपुरका संगीथ कुरेले ४ ओभरमा २६ रन खर्चेर दुई विकेट लिए भने रुपेश सिंहले २ ओभरमा १२ रन खर्चेर दुई विकेट लिँदा आदित्य महताले २ ओभरमा १६ रन खर्चेर एक विकेट लिए।
पहिलो खेलमा जनकपुर काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाजलाई हराएको थियो।
सम्बन्धित समाचार
सेन्साइले ल्यायो दसैँ विशेष उत्सव योजना – रु.३०,१०० सम्म क्यासब्याक र बम्पर उपहार
रिडाराले ल्यायो ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर
एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

