काठमाडौं । आज सुनको मुल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य तोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला केही दिनयता सुनको भाउमा सामान्य घटबढ देखिएको छ । असोज ३१ गते सुनको मुल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
आज चाँदी भने तोलामा २० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला ३ हजार ६ सय ०५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाइको छ । गत बुधबार चाँदी हालसम्मकै उच्च ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको थियो ।





