मेष राशि-
सहयोगी वा हितैसीजनले तपाईको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।
बृष राशि-
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभनभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका छ। प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।
मिथुन राशि-
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
कर्कट राशि-
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला तर, जिम्मेवारी भने बढिरहनेछन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला।
सिंह राशि-
प्रयास गर्दा रोकिएका काम बन्नेछन् । नयाँ काम पाइने योग छ। केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ। काममा लगानीको समय छ । काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ। अरुको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला ।
कन्या राशि-
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण-पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला। मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।
तुला राशि-
व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला।
वृश्चिक राशि-
पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ। तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला।
धनु राशि-
विभिन्न अवसर पाइने समय छ तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ ।
मकर राशि-
चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ। छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला ।
कुम्भ राशि-
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधन समेत लाभ हुनेछ । दिन मनोरुजनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ।
मीन राशि-
श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन देन सक्छन् । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ ।
-ज्यो.पं. तुलसी भारद्वाज







