• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
  • ६ घण्टा 

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • १० घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • १० घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • १२ घण्टा 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १३ घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • १४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १४ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • २. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • ६. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ७. राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

  • ८. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • ९. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • १०. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

जानकारी केन्द्र २०८२, पुष, ७

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लागेर सामान्य रहेको महोत्तरीको जनजीवन पुस सुरु भएसँगै एकाएक बढेको चिसोले प्रभावित बन्न थालेको छ । बाक्लो हुस्सु र चिसो बतासका कारण विशेष गरी गरिब तथा पिछडिएका समुदायका बस्तीहरू बढी मारमा परेका छन् ।

जिल्लाको दक्षिणी भेगमा पुस लागेसँगै आईतबार बिहानदेखि मध्याह्नसम्म बाक्लो हुस्सुले ढाक्ने र चिसो बतास चल्ने क्रम बढेपछि दैनिकी कष्टकर बनेको छ । काममा निस्कन नसक्ने अवस्था सिर्जना हुँदा दैनिक ज्यालादारी गरेर जीवन चलाउने परिवारको गुजारा झन् कठिन भएको स्थानीय बासिन्दाहरू बताउँछन् ।

दक्षिणी क्षेत्रमा केही दिन अघिदेखि नै चिसो बढे पनि जिल्लाको उत्तरी भेगमा भने पछिल्ला दिनदेखि हुस्सु र जाडोको प्रभाव तीव्र बनेको हो । यसअघि घाम लागिरहेको बर्दिवास, गौशाला, औरही र भङ्गाहा क्षेत्र शुक्रबारदेखि एकाएक बाक्लो हुस्सुले ढाकिएको छ । मध्याह्नपछि हुस्सु केही फाटेपनि पारिलो घाम नलाग्दा दिनभरि नै चिसो कायमै रहने गरेको छ ।

बढ्दो चिसोले अति विपन्न समुदायका बस्तीहरू सबैभन्दा बढी प्रभावित भएका छन् । मुसहर, डोम, हलखोर, मेस्तरजस्ता समुदायका बस्तीमा दाउराको अभाव हुँदा सडकमा फालिएका झुत्रा लुगा, प्लास्टिक र फोहोर सामग्री बालेर जाडो छल्नुपरेको अवस्था छ । धुवाँ र चिसोबीच दिनरात बिताउनुपर्दा स्वास्थ्य जोखिम पनि बढ्दै गएको छ ।

बिहानीपख लाग्ने बाक्लो हुस्सुले हवाई र सडक यातायातसमेत प्रभावित हुन थालेको छ । हुस्सुका कारण मध्याह्नअघिका हवाई उडानहरू प्रभावित हुँदै आएका छन् भने सडक यातायातका साधनहरू पनि ठाउँ ठाउँमा रोकिनुपर्ने अवस्था आएको चालकहरू बताउँछन् ।

चिसो बढेपछि खेतीपाती, मजदुरी र व्यापार व्यवसायमा समेत असर परेको छ । मध्यान्हपछि घाम मधुरो हुने र चिसो सिरेटो लगातार चल्दा बजार क्षेत्र सुनसान देखिन थालेको छ । किसानहरू बिहानै खेतमा जान नसक्ने अवस्था आएको बताउँछन् भने व्यापारीहरू व्यापार घट्दै गएको गुनासो गर्छन् ।

जाडो अझै बाँकी रहेकाले वृद्धवृद्धा, सुत्केरी महिला र साना बालबालिकाको स्वास्थ्यप्रति चिन्ता बढ्दै गएको छ । पोषणयुक्त खाना, न्यानो लुगा र सरसफाइको अभावले पराले झुप्रा भएका बस्तीहरू चिसोको उच्च जोखिममा देखिएका छन् ।

यसैबीच, जिल्लाका स्वास्थ्य संस्थाहरूले चिसोबाट जोगिन सचेतनामूलक सूचना प्रसारण गरिरहेका छन् । बिहान बेलुका अनावश्यक बाहिर ननिस्कन, न्यानो स्थानमा बस्न, झोलिलो खानेकुरा खान र घर वरपर सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । फोहोर कपडा, प्लास्टिक र विषालु सामग्री बालेर आगो ताप्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले त्यसो नगर्न पनि अनुरोध गरिएको छ ।

चिसोले जनजीवन कष्टकर बन्दै गएपछि सामाजिक संघसंस्थाहरूले स्थानीय तहलाई गरिब र दलित बस्तीमा तत्काल सहयोगका कार्यक्रम अघि बढाउन आग्रह गरेका छन् । दाउरा, न्यानो कपडा र आधारभूत राहतको व्यवस्था गर्नुपर्ने माग उठेको छ ।

जिल्ला समन्वय समितिले पनि जिल्लाका सबै स्थानीय तह र विपद् व्यवस्थापन निकायलाई चिसोबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि समयमै पूर्वतयारी गर्न आग्रह गरेको छ । चिसो अझै बढ्ने अनुमान गरिएकाले आवश्यक सतर्कता र समन्वय जरुरी रहेको समितिको भनाइ छ ।

  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

ताजा

गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.