आज नेप्से घट्यो कि बढ्यो ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात् बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.८७ अंकले उक्लिँदै २६३३.७६ बिन्दुमा कायम भएको छ ।
यसअघि सोमबार भारी गिरावट आएको बजार बुधबार सुधार देखिँदा लगानीकर्तामा केही राहत मिलेको छ । बजार बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ । आज बजारमा कारोबार भएका ३४२ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले शेयर बजारमैत्री नीति अपनाएको र अर्थमन्त्रालयले पनि बजारसम्बन्धी विषयमा सकारात्मक कदम चालेको देखिएको छ । साथै राजनीतिक स्थिरता, नीतिगत सुधार र बैंक ब्याजदर न्यून बिन्दुमा रहेकाले शेयर बजारले नयाँ यात्रा तय गर्ने विश्वास लगानीकर्तामा बढेको छ ।
बुधबार कारोबार भएका सबै उपसूचकमा हरियाली छाएको छ । बैंकिङ, म्यानुफ्याक्चरिङलगायतका सूचक सर्वाधिक बढेका छन् । यस दिन १६३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

