मेष राशि-
कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला, अनौठो समाचार पनि सुन्न पाइएला ।
बृष राशि-
काममा समस्याको सामाना गर्नुपर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ । व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रशंसा पाउनुहोला, मन हर्षित हुने दिन छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ ।
मिथुन राशि-
मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुरा काम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ । बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै खुसीको खबर प्राप्त हुनेछ ।
कर्कट राशि-
सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ, टाढाको यात्राको पनि योग रहेको छ ।
सिंह राशि-
खर्च बढने, गलत विचार बढने, विबाद बढने र काममा अवरोध आउनाले धनको नाश हुनसक्छ । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुने दिने छ, पीडा दिनेहरु सक्रिय रहलान । व्यर्थको खर्च हुनेछ, खर्च घटाउने प्रयास गर्नु होला, खानामा पनि एकदमै सावधान रहनु होला, रोग लाग्न सक्छ ।
कन्या राशि-
अधुरा कामहरु बन्ने, अरुको विस्वास आफुतिर रहने, आफन्तहरुको उचित सहयोग मिलने छ । पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछन, नयां कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा-मामिलामा विजयी भइनेछ, अन्नलाभ पनि होला ।
तुला राशि-
अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला । आफन्त मिलनले सुख दिनेछ । पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला ।
वृश्चिक राशि-
रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । कामहरु पनि सजिलै संग बन्ने छन । साथै टाढाको यात्रा हुने योग छ, ब्यापारबाट सामान्य नाफा होला ।
धनु राशि-
पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला । घरेलु समस्याले सताउने छ । मित्र बनेर धोका दिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला, धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला ।
मकर राशि-
नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ, । नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । काममा कठिनाइ सहनु पर्नेछ । काम विग्रन सक्छ, रुपैयापैसाको लेनदेन पनि खासै राम्रो छैन ।
कुम्भ राशि-
सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन-पाठनमा मन जानेछ, घरायसी काम मै दिन जाने देखिन्छ ।
मीन राशि-
व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला । पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जागर बढने देखिन्छ भने आर्थिक लाभ पनि होला ।
-ज्यो.पं. तुलसी भारद्वाज







