Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

उम्मेदवारका लागि बैंक खाता खोल्न राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, ११
उम्मेदवारका लागि बैंक खाता खोल्न राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि बैंक खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंक खातामार्फत गर्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि सहजीकरण गर्न आग्रह गरेको हो ।

निर्वाचन आचारसंहिता अनुसार उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ । आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन दल र उम्मेदवारका आम्दानी–खर्च बैंकिङ प्रणालीमार्फत गर्नुपर्नेछ । उक्त व्यवस्था प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीतर्फका दल तथा उम्मेदवारमा लागू हुनेछ ।

आमनिर्वाचन सम्पन्न भई आयोगको निर्णय नभएसम्म ती बैंक खाता सञ्चालनमा रहने जनाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स