मौसममा परिवर्तनको संकेत,पहाड–हिमालमा बदली र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको मौसम प्रणालिमा क्रमिक रुपमा परिवर्तन देखिन थालेसगै हाल देशमा पश्चिमतर्फबाट प्रवेश गरको वायू प्रणालिको आंशिक प्रभाव परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस कारण केहि क्षेत्रमा बदली र चिसो बढेको छ ।
सुदूरपञ्चिम प्रदेशका तराई क्षेत्रका केहि स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ भने कोशी ,बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै कर्णाली तथा सुदुरपञ्चिमका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ । त्यस्तै, अन्य क्षेत्रमा भने मौसम सामान्यतया खुला रहेको विभागले जनाएको छ ।
दिउँसोको समयमा तराईका केहि भू–भागमा कुहिरो यथावत् रहन सक्ने अनुमान गरिएको छ । अन्य हिमाली क्षेत्रहरुमा आंशिक बदली देखिनेछ भने कणार्ली र सुदूरपञ्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का बदली रहने सम्भावना रहेको छ । बाकीँ क्षेत्रमा मौसम खुला नै रहने देखिन्छ ।
कर्णाली र सुदूरपञ्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा सीमित स्थानमा हल्का हिमपातसगैँ आशिंक वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
