भोट दिन जाने मतदातालाई कडाइः के गर्न पाइँन्छ ? के गर्न पाइँदैन ?
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र शान्तिपूर्ण बनाउन मतदाताका लागि पनि आचारसंहिता लागू गरेको छ । आयोगका अनुसार आचारसंहिता राजनीतिक दल र उम्मेदवार मात्र होइन,सर्वसाधारण मतदातामा पनि समान रुपमा लागू हुन्छ ।
आचारसंहिताअनुसार मतदान केन्द्रभित्र मोबाइल,क्यामरा तथा प्रज्वलनशील पदार्थ लैजान पाइँदैन र मादक पदार्थ सेवन गरेर मतदान गर्न जान निषेध छ । दल वा उम्मेदवारको चुनाव चिन्ह,झण्डा वा प्रचार झल्किने कपडा,ब्याज,स्टिकर लगाउन नहुने तथा शरीरमा खोपिएको ट्याटुबाट पनि त्यस्ता चिन्ह प्रदर्शन गर्न नपाइने आयोगले जनाएको छ । झुटा अफवाह फैलाउने वा सामाजिक सञ्जालमार्फत तथ्यहीन सामाग्री प्रचार गर्न पनि रोक लगाएको छ ।
मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य हुने आयोगले जनाएको छ । उल्लघंन गरी गोपनीयता भंग गरेमा १५ हजार रुपैँयासम्म जरिवाना हुन सक्छ ।
यसैबीच आयोगले देशभरका ७५३ स्थनीय तहका ६७४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको छ । मतदानको दिन गर्भवती,अपागं भएका व्यक्ति,ज्येष्ठ नागरिक,बिरामी,सुत्केरी तथा लैंगिक तथा यौनिक अल्पसंख्यक मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था गरिएको बताइएको छ ।
सम्बन्धित समाचार
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
यस्तो छ आजको मौसम पुर्वानुमान
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

