दोलखामा हराएका मतपत्र फेला नपरेपछि मतदानमा विलम्ब
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतदान विवादका कारण अझै सुरु हुन सकेको छैन। मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप हुँदा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। सोही क्रममा केही मतपत्र हराएको छ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार हराएका ५४–५५ मतपत्रमध्ये ४४ वटा फेला परेका छन् भने बाँकी मतपत्रको खोजी जारी छ।
मतपत्र सुरक्षित राख्नका लागि दलका प्रतिनिधिहरूसँग छलफल भइरहेको छ। स्थिति नियन्त्रणमा लिने क्रममा केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिइएको
भए पनि प्रशासनले मतपत्र लुटिन नपरोस् भन्दै उनीहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ। तामाकोशी–४ का यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ र अर्जुन योगी प्रहरी नियन्त्रणमा रहेका छन्।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

