काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ। देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीको मत परिणाम अग्र स्थानमा रहेको छ।
विजयी हुने क्रममा सप्तरी बैतडी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार अमरकान्त चौधरी ३२,८७५ मतका साथ विजय भएका छन्।
उनका निकटम प्रतिद्धन्दी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव १५,२४१ मत प्राप्त गरेका छन् भने ८,४२८ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेसका दिनेशकुमार यादव रहेका छन्।


