सीएफ मोटोका स्पेयर पार्ट्स तथा सेवा अब देशभर सुलभ र किफायती मूल्यमा उपलब्ध
काठमाडौं । ग्राहक सन्तुष्टि र आफ्टर–सेल्स सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सीएफ मोटो नेपालले देशका विभिन्न प्रमुख सहरहरूमा आफ्ना जेनुइन स्पेयर पार्ट्स किफायती तथा ग्राहकमैत्री मूल्यमा उपलब्ध गराएको घोषणा गरेको छ। यस पहलले देशभरका सीएफ मोटो प्रयोगकर्ताहरूलाई सहज पहुँच, भरपर्दो सेवा र किफायती मर्मत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ।
कम्पनीका अनुसार नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो उपस्थिति विस्तार गरिरहेको सीएफ मोटोले काठमाडौं उपत्यका भित्र तथा बाहिर दुबै क्षेत्रमा स्पेयर पार्ट्सको सहज उपलब्धता सुनिश्चित गर्दै आफ्नो सेवा सञ्जाललाई थप सुदृढ बनाइरहेको छ।
सीएफ मोटो नेपाल ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै निरन्तर सुधारको दिशामा अघि बढिरहेको जनाइएको छ। कम्पनीले स्पेयर पार्ट्सको मूल्यलाई ग्राहकमैत्री बनाउनुका साथै आफ्ना प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका लागि सीएफ मोटो ग्लोबलद्वारा सञ्चालन गरिएका विभिन्न तहका तालिम कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएको बताएको छ।
अब ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर बिर्तामोड, इटहरी, हेटौंडा, चितवन, बुटवल,पोखरा, नेपालगञ्ज जस्ता निम्न सहरहरूमा सीएफ मोटोका जेनुइन स्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्ने बताइएको छ । त्यस्तै गरी कम्पनीका अनुसार काठमाडौं उपत्यका भित्र अधिकृत सेवा केन्द्रहरू कालोपुलमा रहेको सीएफ मोटा सर्भिस स्टेसन, बुद्धनगरमा रहेको काठमाडौँ अटो क्लिनिक र सल्लाघारीमा रहेको राइडरर्स गु्रपमा पनि स्पेयर पार्ट्स उपलब्ध छन् ।
ग्राहक सन्तुष्टिप्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै,सीएफ मोटोले जेनुइन तथा उच्च गुणस्तरका स्पेयर पाटर्स,पारदर्शी र प्रतिस्पर्धी मूल्य निर्धारण,छिटो तथा प्रभावकारी सेवा,र उत्कृष्ट तथ सहज स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ । देशभर स्पेयर पार्ट्सको उपलब्धता विस्तार गरी कम्पनीले ग्राहकहरुको समय बचत गर्नुका साथै मर्मत सेवालाई अझ सहज,पहुँचयोग्य र भरपर्दो बनाउने उद्धेश्य अघि सारेको कम्पनीको दाबी रहेको छ ।
हालै सम्पन्न सीएफ मोटो २५० डुअल इ एप आई को सार्वजनिक कार्यक्रममा कम्पनीका एक प्रतिनिधिका अनुसार “नेपालभरका सीएफ मोटो प्रयोगकर्ताहरूलाई सहज, भरपर्दो र किफायती आफ्टर-सेल्स सेवा प्रदान गर्नु हाम्रो मुख्य उद्देश्य हो। स्पेयर पार्ट्सको उपलब्धता विस्तार गर्नु हाम्रो ‘ग्राहक पहिलो’ रणनीतिको महत्वपूर्ण कदम हो।”
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


