नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
काठमाडौँ । नेपालमा अब इलेक्ट्रिक एसयूभी प्रेमीहरुका लागि एमजी एस ५ इभी उपलब्ध भएको छ । यो कम्प्याक्ट र पूर्ण एसयूभी इलेक्ट्रिक गाडि एमजी एस इभीको उत्तराधिकारीको रुपमा बजारमा आएको छ । पारामाउन्ट मोटर्स प्रा.ली.ले २०२५ मार्च ७ मा यसलाई आधिकारिक रुपमा लन्च गरेको बताएको छ । उक्त गाडि एमजी गाडिहरुको आधिकारिक शोरुमहरुबाट खरिद गर्न सकिने जनाइएको छ ।
एमजी एस ५ इभी विशेषगरी शहरभित्रको यात्रा र दैनिक प्रयोगका लागि डिजाइन गरिएको एसयूभी हो ,जसले शहर र राजमार्ग दुवैमा सन्तुलित, आरामदायी र व्यवहारिक ड्राइभ अनुभव प्रदान गर्ने बताइएको छ । कम्पनीका अनुसार यस कम्फर्ट मोडलमा ग्राउन्ड क्लियरेन्स १७५ एमएम र लक्जरी मोडलमा १८० एमएम रहनुका साथै यसले नेपाली सडकका कठिन अवस्थाहरुमा समेत सहज यात्रा सुनिश्चित गर्दछ ।
यस गाडिको सुरक्षा र सुविधा हेर्दा एमजी एस ५ इभी उच्च स्तरको एसयूभी मानिन्छ । यसले यूरो एनक्यापमा जेष्ठ नागरिक र बालबालिकाको सुरक्षाको लागि ५ स्टार रेटिङ पाएको कम्पनीको दाबी छ । प्रमुख सुरक्षा सुविधाहरुमा ६ एयरब्याग,एबिएस सहित इबिडि,ट्रयाक्सन कन्ट्रोल,३६० डिग्री क्यामेरा र लेभल २ एडास समावेश रहेको बताइएको छ ।

कम्पनीका अनुसार एमजी एस ५ इभी कारको डिजाइन र बाहिरी सुविधामा रेसिङ फ्ल्याग थिम,डि आर एल प्रोजेक्टर एलइडी,१८ इन्च अलोय ह्वील्स,चार्जिङ पोर्ट (डिसी र सीसीएस २),वन–टच टेलगेट ओपन र ह्यान्ड–फ्री मोड,४५३ लिटर बुट स्पेस लगायतका सुविधाहरु रहेका छन् । कारको इन्टेरियरमा पीयू लेदर फिनिश सीटहरु,१२.८ एन्च टचस्क्रीन,अगाडिका हीटेड सीट,हीटेड स्टयरिङ व्हील र पर्याप्त ठाउँमा ५ जना सजिलै बस्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।
एमजी एस ५ का प्रमुख स्पेसिफिकेसनहरुको कुरा गर्नुपर्दा ९९ किलोवाट पीएमएसएम मोटर,१३५ पीएस अधिकतम पावर,२५० एनएम टर्क,५ सिटर क्षमता,म्याकफर्सन स्ट्रट र फाइभ लिङ्क सस्पेन्सन,लिथिएम आइरन फसफेट ब्याट्री (४९ के डब्लू एच र ६६.२२ के डब्लू एच) ए सी ब्याट्रि बाट चार्ज गर्दा ८ देखि १० घण्टा सम्म,डि सी ब्याट्रि बाट चार्ज गर्दा २४ देखि २६ मिनेट सम्म र पूर्ण चार्ज रेंज ३४० देखि ४३० किलोमिटर (डब्लूएलटिपि) सम्म पुग्ने कम्पनीले बताएको छ । टायर साइज कम्फर्ट मोडलमा २१५ र ५५ आर १७ र लक्जरीमा २१५ र ५५ आर १८ रहनुका साथै यस कारको लम्बाइ ४४७६,चौडाई १८४९ र उचाइ १६२१ एमएम रहेको छ भने व्हीलबेस २७३० एमएम र कर्ब वजन १७०५ केजी छ ।

एम जी एस ५ नेपालमा रु.४३ लाख ३९ हजार देखि ५४ लाख ९० हजार सम्मको मूल्यमा उपलब्ध रहेको छ । यो कार कालो,रातो,नीलो,खैरो,सेतो,पहेँलो र रोज गोल्ड कलरमा पाउन सकिने बताइएको छ ।
पूरा भिडियो :
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

