हनुमान जन्मजयन्ती मनाइँदै
काठमाडौं । आज चैत्र शुक्ल पूर्णिमा । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मजयन्ती मनाइँदै आइएको छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी हनुमान जन्मजयन्ती मनाइँदै छ। रामभक्त हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने जनविश्वास रही आएको छ ।
आजको दिनमा विशेषगरी हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमान लगायतका विभिन्न हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ ।यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् ।
हनुमानलाई पवनपुत्र भनिन्छ । उनको पालनपोषण पवनले गरेका थिए । उनको शरीरले एक बज्रको समान गरेका कारण हनुमानलाई बजरङ्गबलि पनि भन्ने गरिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने जनविश्वास रहेको छ ।विष्णु अवतार मानिने रामलाई सहयोग गर्न शिवले हनुमानको अवतार लिएको वैदिक शास्त्रले जनाउँछन् ।
हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्र हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए । यसरी रामायणभन्दा पूर्वहनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ।
रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिएको वर्णन गरिएको छ ।
सम्बन्धित समाचार
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
ट्रेन्डिङ
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने


