Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, २०
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। निगमका अनुसार नयाँ मूल्य आजदेखि लागू गरिएको हो।

नयाँ दरअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ, जुन यसअघि १८७ रुपैयाँ थियो। यस्तै, यी क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ पुगेको छ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १८४ रुपैयाँबाट बढेर १९९ रुपैयाँ ५० पैसा कायम गरिएको छ। त्यस्तै, डिजल र मट्टीतेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा पुगेको छ।

दोस्रो वर्गअन्तर्गत रहेका सुर्खेत र दाङमा पेट्रोलको मूल्य १८६ रुपैयाँबाट बढेर २०१ रुपैयाँ पुगेको छ भने डिजल तथा मट्टीतेलको मूल्य १६६ रुपैयाँबाट बढेर १८१ रुपैयाँ कायम भएको छ।

इन्धनको मूल्यमा भएको यो वृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्ने संकेत देखिएको छ, जसले सर्वसाधारणको खर्चमा थप दबाब पर्ने अनुमान गरिएको छ।

Top Changing Nepal

युट्युब सट्स