सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय
काठमाडौं । सरकारले देशभरका सरकारी कार्यालय तथा शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार र आइतबार बिदा दिने व्यवस्था लागु गर्ने निर्णय गरेको हो। भोलिदेखि यो निर्णय कार्यान्वयनमा आउने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको आपुर्तिमा देखिएको समस्या र त्यसले जनजीवनमा पारेको प्रभावलाई ध्यानमा राख्दै ऊर्जा खपत घटाउने तथा व्यवस्थापनलाई सहज बनाउने उदेश्यले यस्तो कदम चालिएको छ।
यस निर्णयसँगै सरकारी कार्यालय, विद्यालय, कलेज लगायतका संस्थाहरुमा अब सातामा दुई दिन बिदा हुनेछ । यसले कर्मचारी र विद्यार्थीलाई आराम तथा व्यक्तिगत काममा लागि थप समय दिने विश्वास गरिएको छ भने सेवा प्रवाहमा केही असर पर्न सक्ने आँकलन पनि गरिएको छ । आवश्यक सेवाहरु भने नियमित रुपमा सञ्चालन हुने सरकारको भनाइ छ । त्यस्तैगरी यो व्यवस्था अस्थायी रुपमा लागु गरिएको जनाउँदै यसको प्रभाब र आवश्यकताका आधारमा आगामी दिनमा पुन समीक्षा गर्ने जनाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

