काठमाडौं । नेपालमा जिली ईएक्स ५ विद्युतीय सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले आफ्नो लोकप्रिय पूर्ण विद्युतीय मिड–साइज एसयूभीहरूको मूल्यमा परिमार्जन गरिएको औपचारिक घोषणा गरेको छ।
कम्पनीका अनुसार परिमार्जित मूल्य आजदेखि लागू भएको छ र काठमाडौं, नारायणगढ, विराटनगर, बुटवल तथा नेपालगञ्ज लगायत देशभरका सबै शोरूममार्फत जिली इएक्स ५ खरिद गर्दा लागू हुनेछ।
नयाँ मूल्य संरचना अनुसार जिली इएक्स ५ म्याक्सको मूल्य अघिल्लो रु ६८ लाखबाट वृद्धि भई अब रु ६९.९९ लाख कायम गरिएको छ भने जिली ईएक्स ५ प्रोको मूल्य अघिल्लो रु ५८ लाखबाट बढाएर रु ५९.९९ लाख निर्धारण गरिएको बताइएको छ।
अमेरिकी डलरको विनिमय दरमा भएको निरन्तर वृद्धि तथा आयात लागतमा परेको प्रभावका कारण मूल्य समायोजन गर्नुपर्ने अवस्था सिर्जना भएको कम्पनीले जनाएको छ।
मूल्य परिमार्जन भए पनि एलआरआर मोटर्सले आफ्नो जारी नववर्ष बिक्री योजना यथावत् रहेको जानकारी दिएको बताइएको छ। जिली इएक्स ५ खरिद गर्ने ग्राहकहरूले थाइल्याण्ड भ्रमणसहित स्मार्ट कफी मेसिन,एडाप्टेबल चार्जर, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा लगायतका आकर्षक उपहार तथा अफरहरू प्राप्त गर्न सक्नेछन् भने प्रिमियम विद्युतीय सवारीमा लगानी गर्ने उपयुक्त अवसर प्रदान गर्ने जनाइएको छ ।
“जिली ईएक्स ५ ले नेपालभरका ग्राहकहरूबाट अत्यन्त उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ,जसले विद्युतीय सवारीप्रति बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ। मुद्रा विनिमय दरमा भएको उतारचढावजस्ता बाह्य आर्थिक कारणले मूल्य परिमार्जन आवश्यक भएको हो, तर हामी ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्न प्रतिबद्ध छौं।” मूल्यमा परिमार्जनबारे एलआरआर मोटर्सका सेल्स हेड अधिर श्रेष्ठले भने, “थाइल्याण्ड भ्रमणसहितको हाम्रो नववर्ष अफरले ग्राहकहरूलाई प्रिमियम ईभी अनुभवसँगै निरन्तर विशेष लाभहरू प्रदान गर्ने सुनिश्चित गर्दछ।”
एलआरआर मोटर्सले उन्नत प्रविधि,उत्कृष्ट कार्यसम्पादन तथा ग्राहक केन्द्रित सेवामार्फत नेपालमा तीव्र गतिमा विकास भइरहेको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति अझ सुदृढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।


