एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुलाएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई पहिलो चरणमा आईपीओ बाँडफाँड गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँ मूल्यको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्दैछ। यसअघि ४ लाख ७० हजार कित्ता आयोजना प्रभावितका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वितरण गरिसकिएको छ।
बाँकी शेयरमध्ये ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि र १८ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत ३० गतेसम्म तोकिएको छ। कम्पनीको वित्तीय अवस्था मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी माइनस” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

