महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने श्रावणको महिनाको अवसरमा श्रावण २३ र २४ गते सञ्चालन गरिएको हो ।
शनिबार र आइतबार बिदाको दिन आयोजित कार्यक्रमले इसेवा प्रयोगकर्ताहरू, सामाजिक सञ्जालमार्फत उपस्थित सहभागीहरूसहित विभिन्न क्षेत्र तथा पृष्ठभूमीका महिलाहरूलाई नजिक ल्यायो । यस कार्यक्रमले सहभागीहरूलाई श्रावण महिना र तीजको सांस्कृतिक उत्साह साथी-सङ्गीसँग एकै ठाउँमा मनाउने र अनुभव गर्ने अवसर दिएको कम्पनीले उल्लेख गरेको छ ।

श्रावण महिना र तीजको परम्पराबाट प्रेरित भई आयोजना गरिएको यस कार्यक्रममा सहभागीहरूका लागि ब्युटिसियनमार्फत मेहेन्दी लगाउने, पोलारोइड फोटो बुथमा स्मरणीय क्षणका फोटोहरू खिच्दै ठाउँको ठाउँ धुलाउने, र विभिन्न खेलहरू खेल्दै आकर्षक पुरस्कार जित्ने जस्ता उत्साहजनक क्रियाकलाप तथा अनुभवहरू उपलब्ध रहेको थियो । यसले सबै उमेर समुहका सहभागीहरूका लागि एक जीवन्त र रमाइलो उत्सवको अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाको महिनाभरी चल्ने ‘#सिइजदग्रिनफ्ल्याग’ अभियान अन्तर्गत सञ्चालन गरिएको थियो । यस अभियानले ती महिलाहरूको सम्मान गर्दछ जसले आफुमात्र नभई अरूलाई पनि आत्मविश्वास बढाउन, लक्ष्यमा प्रोत्साहित भई अघि बढ्न, र अरूको जीवनमा सकारात्मक प्रभाव पार्न प्रेरणा दिन्छन् । महिलाहरूलाई हरेक दिन कदर र सम्मान गर्ने कम्पनीको प्रतिबद्धतालाई सुदृढ बनाउँदै यस कार्यक्रमले सांस्कृतिक परम्परा र सामुदायिक सहभागितालाई एकै ठाउँमा ल्याउँदै श्रावण र तीजको एक अवीस्मरणीय अनुभव सिर्जना गरेको बताइएको छ ।

सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


