इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक उल्लेख्य वृद्धि गरेको छ । निगमले पछिल्लो मूल्य समायोजन अनुसार पेट्रोल, डिजेल, मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ वृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य पहिलो वर्गमा २१६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २१८ रुपैयाँ र तेस्रो वर्गमा २१९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँले मूल्य बढाइएको छ । डिजेलको मूल्य पहिलो वर्गमा २०५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २०६ रुपैयाँ र तेस्रो वर्गमा २०७ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासमा पनि उल्लेख्य वृद्धि गरिएको छ । अब ग्यासको मूल्य प्रतिग्यास सिलिण्डर २०१० रुपैयाँ कायम गरिएको छ, जुन अघिल्लो मूल्यको तुलनामा १०० रुपैयाँले बढी हो ।
यसैगरी, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गर्दै २५७ रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सोहीअनुसार आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको बताइएको छ।
निगमले मूल्य बढाउँदा पनि अझै पूर्ण रूपमा लागत समेट्न नसकेको जनाएको छ । मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा भइरहेको दाबी गरिएको छ ।
इन्धनको मूल्यवृद्धिसँगै यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिक जीवनमा पर्ने देखिएको छ । ढुवानी खर्च बढेसँगै खाद्यान्न, तरकारी तथा अन्य उपभोग्य वस्तुको मूल्य समेत बढ्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


