Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, चैत्र, २८
अब घरमै बसेर पेन्सन भेरिफिकेसन,९० करोडसम्म खर्च बचत हुने अनुमान

काठमाडौँ । नेपाल सरकारले पेन्सनधारका लागि नयाँ ”इ-पेन्सन भेरिफिकेसन प्रणाली” सुरु गरेको छ भने यसले अब बैँकमा गएर वार्षिक रुपमा प्रमाणिकरण गर्नुपर्ने बाध्यता हटाएको छ । अब पेन्सनधारले आफ्नै मोबाइलबाटै सहज रुपमा आफ्नो पहिचान पुष्टि गर्न सक्नेछन् ।

यो प्रणाली अथर्मन्त्री डा.स्वर्णिम वाग्लेले शुभारम्भ गरेका हुन । उनले यस सुविधाले सेवा प्रवाहलाई डिजिटल ,छिटो र नागरिक मैत्री बनाउने बताए । त्यस्तै गरी यसले सेवाग्राहीको समय र खर्च दुबै बचत गर्ने अपेक्षा गरिएको छ ।

अब प्रयोगकर्ताले अनलाइनमार्फत आफ्नो विवरण भर्ने ,मोबाइलमा आउने ओटीपी राख्ने र आवश्यक परे बायोमेट्रिक प्रयोग गरेर प्रमाणीकरण गर्न सक्नेछन् । यसअघि भने वर्षमा एकपटक बैँकमा उपस्थित हुनैपर्ने व्यवस्था थियो ।

सरकारका अनुसार यो प्रणालीले खर्च व्यवस्थापन सुधार्ने र अनावश्यक खर्च घटाउनेछ भने वार्षिक करिब ९० करोड रुपैँया बचत हुने अनुमान गरिनुका साथै भविष्यमा अन्य सामाजिक सुरक्षा सेवामा पनि यस्तै प्रणाली विस्तार गर्ने योजना रहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स