२०८३ वैशाख ०२ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
मेष राशि-
शैक्षिक उन्नतिका प्रशस्त अवसर प्राप्त हुनेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखद रहनेछ । खानपानमा विशेष ध्यान दिनुहोस् । नयाँ कामको अवसर मिल्नेछ भने शैक्षिक व्यवसायमा संलग्नहरूका लागि समय अनुकूल छ । वैदेशिक कार्यहरू सहज रूपमा अघि बढ्नेछन् र व्यापार व्यवसायमा राम्रो फाइदा हुने योग छ ।
बृष राशि-
चरित्र सम्बन्धी आरोप लाग्न सक्ने भएकाले विपरीत लिङ्गीसँग दूरी राख्नु हितकर हुनेछ । टाढाको यात्रा गर्ने अवसर मिल्न सक्छ । उद्योग व्यापारमा राम्रो लाभ हुनेछ । शत्रु तथा प्रतिस्पर्धीमाथि विजय प्राप्त हुनेछ । विगतको मेहनतबाट पर्याप्त धन लाभ हुने संकेत छ ।
मिथुन राशि-
माता, पिता र सन्तानसँग मतभेद बढ्न सक्छ । अध्ययनमा अवरोध आउन सक्ने भएकाले सावधानी आवश्यक छ । आज गरिएका निर्णयले नकारात्मक असर पार्न सक्छ, त्यसैले सोच विचार गरेर निर्णय लिनुहोस् । लेनदेनमा विवादको सम्भावना छ । काममा ढिलाइ र मान सम्मानमा कमी आउन सक्छ, यद्यपि विगतको श्रमबाट केही लाभ मिल्नेछ ।
कर्कट राशि-
नगद सहयोग दिनु अघि सोच्नुहोस् । बलभन्दा बुद्धिको प्रयोग गर्नु लाभदायक हुनेछ । आय व्यय सन्तुलन मध्यम रहनेछ तर खर्च बढ्न सक्छ । उपहार प्राप्त हुने योग छ । सहयोगीहरूको साथ मिल्नेछ । रोकिएका कामहरू सम्पन्न हुने र नयाँ काम सुरु गर्ने अवसर प्राप्त हुनेछ ।
सिंह राशि-
धार्मिक कार्यमा मन नलाग्न सक्छ र भाग्यले साथ नदिने संकेत छ । विश्वासघात हुन सक्ने भएकाले गोपनीयतामा सावधानी अपनाउनुहोस् । विदेश बसोबासको प्रयासमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुमधुर हुनेछ र टाढिएका जोडी बीच पुनर्मिलनको सम्भावना छ ।
कन्या राशि-
घर वा सवारी साधन जोड्ने अवसर मिल्नेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लक्ष्य अनुसार सफलता मिल्नेछ, तर काम समयमै सम्पन्न नहुन सक्छ । आत्मीय व्यक्तिसँग मनमुटाव बढ्न सक्छ र निर्णय क्षमतामा कमी देखिन सक्छ ।
तुला राशि-
हड्डी, नशा र पेट सम्बन्धी समस्या बढ्न सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् । गोपनीयता कायम राख्नु उचित हुनेछ । आम्दानीका अवसर बढ्नेछन् । पुराना मित्रसँग भेटघाट हुन सक्छ, तर विवादको सम्भावना पनि छ । विद्यार्थीका लागि दिन राम्रो रहनेछ र सन्तानबाट खुसी मिल्नेछ ।
वृश्चिक राशि-
दाम्पत्य जीवनमा विवाद बढ्न सक्छ । घरेलु समस्याले चिन्ता बढाउन सक्छ र साथी तथा आफन्तबाट धोका हुन सक्छ । आफ्ना कमजोरी माथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लागेर विवाद हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन्, तर प्रेम सम्बन्ध मजबुत बन्ने संकेत पनि छ ।
धनु राशि-
जागिर तथा राजनीतिमा गरेका प्रयास सफल रहनेछन् । स्वादिष्ट भोजनको अवसर मिल्न सक्छ । कृषिमा कामको चाप बढेपनि आर्थिक रूपमा लाभ हुने समय छ । लगनशीलतामा कमी हुँदा आलोचना सहनुपर्ने अवस्था आउन सक्छ ।
मकर राशि-
बोलीको प्रभावले अरूलाई प्रभावित पार्दै आफ्नो काम अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अघि बढ्नेछन् । खानपानमा लापरवाही गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । भेटघाटको अन्योलले योजना प्रभावित हुन सक्छ, त्यसैले सतर्क रहनुहोस् । सन्तानबाट खुसी मिल्नेछ ।
कुम्भ राशि-
आम्दानी सीमित हुँदा आर्थिक समस्या आउन सक्छ । अनावश्यक यात्रा बढ्न सक्छ र लाभदायक यात्रा कम हुने देखिन्छ । प्रेम सम्बन्धमा उतार चढाव आउन सक्छ । पढाइमा ध्यान कम हुन सक्ने भएकाले संयम आवश्यक छ । पुरानो रोग दोहोरिन सक्छ, तर विगतको श्रमबाट धन लाभ हुनेछ ।
मीन राशि-
हाड जोर्नी सम्बन्धी समस्या सताउन सक्छ । आर्थिक कारोबारमा अवरोध आउन सक्छ । धार्मिक कार्यमा रुचि कम देखिनेछ । अरूको विश्वास जित्न सफल भइनेछ । बौद्धिक कार्यमा प्रगति हुनेछ, ऊर्जा र उत्साह बढ्नेछ । पुराना समस्या समाधान हुने र व्यापार व्यवसायमा लाभ हुने योग छ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

