कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
काठमाडौँ । नेपालमा राष्ट्रसेवक कर्मचारी को भुक्तानी प्रणलीमा परिवर्तन गर्ने तयारी गरिएको छ । अब कर्मचारीले मासिक रुपमा नभई प्रत्येक १५ दिनमा तलब भत्ता पाउने व्यवस्था ल्यान सरकार अघि बढेको छ ।
यस सम्बन्धमा अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइसकको छ । महालेखा नियन्त्रक सोभाकान्त पौडेलका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको छ र कार्यान्वयन प्रक्रिया छिट्टै अघि बढ्ने अपेक्षा गरिएको छ ।
सरकारले यस्तो व्यवस्था ल्याउन खोज्नुको मुख्य उद्धेश्य कर्मचारीको हातमा नियमित रुपमा नगद प्रवाह सुनिश्चित गर्नुका साथै समग्र अर्थतन्त्रलाई थप सक्रिय बनाउनु हो । हालसम्म कर्मचारीहरुले एकै पटक मासिक तलब पाउने प्रचलन रहेको छ ।
त्यस्तै गरी यो नयाँ प्रणाली लागू गर्नका लागि संघिय निजामती सेवा ऐनमा संशोधन आवश्यक पर्ने बताइएको छ । सरकारले सोही ऐनमार्फत १५ दिनको अन्तरालमा तलब वितरण गर्ने प्रावधान समावेश गर्ने योजना बनाइएको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
