महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको यस महालक्ष्मी विकास बैंकले आफ्नो फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत यूनियनपे वालेट प्रयोगकर्ताबाट नेपाल भित्रै क्यूआर कोड मार्फत भुक्तानी स्वीकार गर्ने सुविधाको शुरुवात गरेको छ।
यस प्रकारको सेवा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको हो । यस सुविधाको शुरुवातसँगै यूनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरुमा सजिलै क्यूआर स्कयान गरी भुक्तानी गर्न सक्नेछन् । विशेष गरी चिन लगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरु यस सुविधाबाट लाभान्वित हुनेछन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ ।
सन् २००२ मा स्थपना भएको यूनियनपे विश्वका सबैभन्दा ठुला भुक्तानी सेवा प्रदायकहरु मध्ये एक हो जसको ९.६ अर्ब भन्दा बढी कार्डहरु जारी भएका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृती रहेको छ । यस सेवाको शुरुवातसँगै हाल नेपालमा प्रदान भईरहेको क्यूआर पुर्वाधार अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । साथै बैंक डिजिटल नवप्रर्वद्धनलाई अझ सुरक्षित, प्रभावकारी तथा समावेशी बनाउन बैक प्रतिबद्ध रहेको छ ।
हालै मात्र बैकले वर्ष २०८३ लाई डिजिटल प्रवद्र्धन वर्षको रुपमा मनाउने बैकको योजना अनुरुप मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” मार्फत बैकका सबै सक्रिय मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैकिङ्ग प्लेटफर्म माफर्त बैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज प्राप्त गर्न सक्ने सुविधा समेत बैंकले घोषणा गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ५० हजार भन्दा बढी ग्राहकहरु रहेका छन् ।
सम्बन्धित समाचार
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
मिड भ्याली इन्टरनेसनल कलेज र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीबिच शैक्षिक सहकार्य विस्तार
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

