कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह
काठमाडौँ । नबिल बैँकले पूर्व गृहमन्त्री सुधन गुरुङको बैँकिंङ कारोबार विवरण सार्वजनिक गरेको भन्ने आरोपप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ । बैँकले शुक्रबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलाइएको दाबीहरुको असत्य र भ्रामक रहेको बताएको छ ।
बैँकले वैशाख ९ गते प्रकाशित गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिँरिदा बढ्दै गएका प्रश्नहरु शीर्षको समाचारलाई उदृत गर्दै त्यसमा स्पष्ट रुपमा ”अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैँकिङ कारोबारको विवरण…” उल्लेख गरिएको स्मरण गराएको छ । उक्त विवरण विभिन्न बैँक तथा वित्तिय संस्थासँग सम्बन्धित रहे पनि केही व्यक्तिहरुले तथ्यलाई बेवास्ता गर्दै नबिल बैँकलाई लक्षित गरेर दुष्प्रचार गरेका बैँकले बताएको छ।
विज्ञप्तिमा नबिलले ग्राहहको गोपनीयता आफ्नो प्रमुख दायित्व भएको उल्लेख गर्दै ग्राहक स्वयं,आधिकारिक प्रतिनिधि वा कानुनी रुपमा अधिकारप्राप्त निकायले मागेमा मात्र जानकारी उपलब्ध गराइने स्पष्ट पारेको छ । कुनै पनि अनधिकृत व्यक्ति वा संस्थालाई यस्ता विवरण दिनु बैँकिङ नैतिकताविरुद्ध हुने पनि बैकको भनाइ रहको छ ।
बैँकले आफ्नो कोर बैँकिंङ प्रणाली सुरक्षित रहेको दाबी गर्दै यदि कसैले विवरण पहुँच गरेको भए त्यसको पूर्ण अभिलेख रहने जानकारी दिएको छ । त्यस्तै गरी आफूमाथि लगाइएका आरोपहरु गलत,भ्रामक तथा आधारहिन रहेको बैँकले दोहोर्याएको छ ।
चार दशक लामो अनुभव रहेको कानुनी तथा नियामकीय मापदण्डको पूर्ण पालना गर्दै आएको उल्लेख गर्दे बैँकले आफ्नो प्रतिष्ठामाथि आँच आउने गरी गरिने नियोजित दुष्प्रचारविरुद्ध आवश्यक परे कानुनी प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको छ। गलत सूचना नफैलाउन र जनातालाई भ्रममा नपार्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

