२०८३ वैशाख २२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
मेष राशि-
विशेष योजना गोप्य राख्नुहोला बन्न लागेको काम पनि बिग्रन सक्ने दिन छ होस पुर्याउनु होला । घरेलु समस्याले सताउने हुदाँ काममा अवरोध आउनेछ, त्यसै त्यसै दिक्क लागेर आउनेछ । आत्म विश्वास बढ्नेछ, आफन्तको काममा नै आजको दिन बित्ने छ ।
बृष राशि-
आम्दानी प्रशस्तै बढ्नेछ नया योजनाहरुको पनि सिर्जना हुने दिन छ । परिश्रम गर्दा अरुको विस्वास पनि जित्न सकिनेछ अधुरा काम बनी मन हर्षित हुने दिन छ । राम्रो संग कमाई हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ । धनलाभ पनि होला । जाङर आउनुका साथै आर्थिक एवम समाजिक लाभ मिल्ने छ ।
मिथुन राशि-
भौतिक साधन जुट्नेछन्, नउठ्ने रकम उठ्ने दिन छ, मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धनको योग छ, टाढाको यात्रा पनि होला । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।
कर्कट राशि-
ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् छरछिमेकमा झगडा हुन सक्छ एकदमै सावधान रहनु होला । गलत विचार बढ्ने, समयमा निर्णय नहुदाँ काममा अवरोध आउने साथै झै-झगडा पनि होला । शरिरमा आलस्यता छाउने देखिन्छ कसैसंग सामान्य बादविवाद पर्ने देखिन्छ ।
सिंह राशि-
नया काममा समय मात्र बित्नेछ, नोकरीमा आज अल्छी लाग्न सक्छ । व्यापारमा सफलताले मन रमाउन छ । धनमनग्य कमाउने अवसर मिल्नेछ, जागीरमा पनि ठिकै छ । मान सम्मान मिल्नेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ ।
कन्या राशि-
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, समग्रमा दिन रमाइलो छ । ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइप्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन । धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ ।
तुला राशि-
व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँमित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला । सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । सन्तानबाट खोजे जस्तो सहयोग नपाउदा केहि पीडा होला ।
वृश्चिक राशि-
उपचारमा खर्च हुने योग छ । सामान्य ज्वरो आउन सक्छ खानपानमा होस पुर्याउनुहोला । परिश्रमले आफनु लक्ष्य पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ र स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दैनसोचेको ठाउमा पैसा जाने दिन छ ।
धनु राशि-
विभिन्न अवसरले पछ्याउनेछन्, स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्नेछ । नया काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ । आय वृद्धि हुने दिन छ । नया कामको अवसर पनि मिल्ला, अँन्नको लाभ पनि हुने दिन छ ।
मकर राशि-
भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ, धनको पनि लाभ होला । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । कमाई बढ्नाले सुख बढ्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । नयाँ लुगा र मीठ खाजाको आनन्द पनि मिल्नेछ ।
कुम्भ राशि-
गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसंग भेटघाट पनि होला । नौलो स्थानको यात्रा हुनेछ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला ।
मीन राशि-
बाध्यतापूर्ण काममै समय बित्न सक्छ, ब्यापार ब्यवसायमा घाटा बेहोर्नुपर्ला सावधान रहनुहोला । समय त्यति राम्रो छैन, गलत विचार बढ्नेछ, समयमा सहि निर्णय गन सकिदैन । रोगले साताउला, सोच्दै नसोचेको ठाउमा रुपैयापैसाको खर्च होला । सोचे अनुसार काम बन्न कठिन छ ।
-ज्यो.पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन १९ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

